दफा ३७
वार्षिक प्रतिवेदन
(१) केन्द्रले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र आफूले वर्षभरिमा गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा अन्य कुराको अतिरिक्त केन्द्रले वर्षभरिमा गरेको कामको संक्षिप्त विवरण, उपलब्धि र त्यसको लागत, भावी रणनीति तथा कार्यक्रम र आर्थिक स्थिति सम्बन्धी विवरण उल्लेख गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको प्रतिवेदन केन्द्रले सार्वजनिक गर्नु पर्नेछ ।